जीन्दगी कृष्णभीर,यता थाम्दा उता लर्किन्छ,
आँखालोभी मनपापी, थाके पनि उतै सर्किन्छ !!
बसोस फूलै फूलको संसार,पाई स्वर्ग रस यहाँ,
देखेर अरुकन सुखी,किन मान्छे त्यसै झस्किन्छ !!
मरीलानु के छ र ? बाँचुन जेल तेरोमेरो किन यहाँ ?
बाँच र बाँच्न देउ भन्दा नेत्रलाल,बनि आग भर्किन्छ !!
मन यो हर खेल गर्ने,काबु गर यस्कन तिम्रो चैन हर्ने,
देख्नेछौ समान,तृप्त सबजन,हटी रोदन खुशी फर्किन्छ !!

0 Comments