सुखमा साथ दिई  दुखमा एक्लै छोड्यौ किन ?
बगर बनाई मलाई, खोलो अन्तै मोड्यौ किन ?

आशा सबै मर्याथे, मृत्युबाट फर्की आउँदा,
जगाई सपना मेरा ति बाँचा फेरी तोड्यौ किन ?

अपाङ्गता रहर होइन, दैवलेखा मेट्नु पर्ने,
आज मलाई हेर्ने मनका आँखा छोप्यौ किन ?

समाज यहि खोज्ने ,मौशम झैँ बदलिने मन तिम्रो,
जस्तो पर्ला त्यस्तै टर्ला भनि हिड्ने पाइला रोक्यौ किन ? 

माया प्राप्तिका लागि हो, त्याग्नलाई होइन सानु ,
जे परे नि "सँगै बाँच्नेमर्ने " मुलमन्त्र भुल्यौ किन ??

जीवन मन्जुषा 
३०, नोभेम्बर , २०११