खै ? कहाँ गईन उनि खोज्दैछु आज पनि !
बिरानो यो संसारभरी डुल्दैछु आज पनि !!

ओल्लोछेउ पल्लोछेउ खोजि सके जताकतै,
भेटिन र त प्याला लिई झुम्दैछु आज पनि !!

एकबारको जिन्दगीमा दोबरा किन सोच्नु?
मर्छु बरु तिम्रै यादमा गम्दैछु आज पनि !!

थाकी सके पाइलाहरु नजर अझै बस्याछैन !
आशा र कल्पनी डुंगामा रम्दैछु आज पनि !! 

जीवन मन्जुषा(मनिक) 
२८,नोभ २०११