तिम्रो मनमझेरीमा खेल्न देउन है ?
भमरा भै वरिपरी डुल्न देउन है ??
फूल तिमी बगैंचाको स्वर्गकी परी झैँ',
हावा भै सुगन्धमा म भुल्न देउन हैं ?
...
आमोद प्रमोद समिपमा जीवनको,
इन्द्रेणीको रंग बनि खुल्न देउन है ?
चंचल त्यो झरना, बसन्तको गुँरास,
सिरफुल भै केशबीच् झुल्न देउन हैं ?
मनिक शाह (मन्जुषा)
३०,नोभेम्बर २०११


0 Comments