फूल बनि तिम्रो केशमा खुल्न मन छ !!
भम्'रा बनि तिम्रो रसमा झुल्न मन छ !!

मोहित रुप तिम्रो, नजर हट्नै मानेन् !
हावा बनि तिम्रो स्वासमा घुल्न मन छ !!

फुर्सदमा बनाइएकी, धर्तिकी परि !
पाउजु बनि तिम्रो बेग्'मा डुल्न मन छ !!

सदाबहार बसन्त धन्य मेरो जीवन् !
धुन बनि तिम्रो देशमा भुल्न मन छ !!

-जीवन मन्जुषा (मनिक)
१२/०४/२०१२