दाङ, प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा निर्धारित समय भन्दा झण्डै एक बर्ष अघी निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो सिसिनिया पक्कि पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ आउन लागेका हुन।
प्रधानमन्त्री आउने भएपछी तयारी व्यापक रुपमा अघी बढाईएको लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले जानकारी दिए । प्रधामन्त्री ओली दाङ आए सँगै दुईवटा कार्यक्रममा भाग लिने बताईएको छ । पहिलो कार्यक्रम पुल उद्घाटन र दोस्रो कार्यक्रम पार्टीको बृहत आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । सोमबार लमहीमा प्रधानमन्त्री आउने कार्यक्रमलाई केन्द्रित गरेर तयारी बैठक राखिएको थियो ।
बैठकमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननिय लिला गिरीले प्रधानमन्त्री आउने कार्यक्रममा ५० हजार भन्दा बढीको सहभागीता रहने र त्यसको तयारीमा जुट्न निर्देशन दिएकी छन् । "केपी शर्मा ओली लाई जनताको साथ र समर्थन छ, व्यापक जनसहभागिताको लागि कार्यक्रम व्यवस्थित गर्न जरुरी छ" उनले भनिन ।

0 Comments