वासिंटन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका थुप्रै निर्णय उल्ट्याउने भएका छन्।

पहिलो निर्णयको रुपमा उनले ट्रम्पले मुस्लिम मुलुकहरुबाट अमेरिका यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका छन्। यस्तै पेरिस जलवायु परिवर्तन सम्झौतामा प्रतिवद्धता लगायत दर्जन बढी निर्णय उनले गर्दैछन्। 

कोभिड संकटका बेला ट्रम्पले गरेका निष्कासन तथा विद्यार्थीहरुको ऋण भुक्तानी सम्बन्धी निर्णय विरुद्ध पनि बाइडेनले हस्ताक्षर गर्ने योजना बनाएका छन्। यसवाहेक ट्रम्पका अन्य  विवादित निर्णय पनि खारेज गर्ने उनको तयारी छ।

बाइडेनका सहयोगीका अनुसार उनले आफ्नो सय दिने अवधिमै बृहत् आप्रवासी योजना पनि पेश गर्ने बताएका छन् ।बाइडेनले निर्वाचनकै बेला प्रतिवद्धताको रुपमा अघि सारेको आप्रवासी योजनाले विनाडकुमेन्ट यहाँ रहे्का लाखौँ विदेशीहरुलाई नागरिकता प्रदान गर्ने बाटो खुलाउनेछ ।