विश्व बैंकले सन् २०२१ मा विश्व अर्थतन्त्रको वृद्धिदर ४ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ ।
विश्व बैंकले जारी गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरू (ग्लोबल इकोनोमिक प्रोस्पेक्टस) अनुसार यो वर्षभर कोभिड–१९ विरुद्धको भ्याक्सिन विश्वभर वितरण हुने सम्भावना देखिएकाले महामारी नियन्त्रण भइ लगानी विस्तार केन्द्रीत सुधारले विश्व अर्थतन्त्रलाई गति दिनेछ ।
सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर ४.३ प्रतिशत ऋणात्मक रहेको अनुमान छ ।
विकसित अर्थतन्त्रहरूमध्ये अमेरिकाको अर्थतन्त्र सन् २०२१ म ३.५ प्रतिशतले विस्तार हुने अनुमान छ । अमेरिकी अर्थतन्त्र सन् २०२० मा ३.६ प्रतिशतले ऋणात्मक भएको अनुमा छ । त्यस्तै, ५.३ प्रितशतले ऋणात्मक भएको जापान सन् २०२१ मा २.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ । युरोपेली महासंघ भने गत वर्ष ७.४ प्रतिशतले खुम्चिएकोमा यो वर्ष ३.६ प्रतिशतले फैलने अनुमान गरिएको छ ।
उदयमान अर्थतन्त्रहरूमध्ये चीन सन् २०२० मा २.६ प्रतिशतले ऋणात्मक आर्थिक वृद्धिदरमा रहेकोमा सन् २०२१ म ५ प्रतिशतले विस्तार हुने अनुमा छ । चीन चीन बाहेकका भारत लगायतका अन्य उदयमान अर्थतन्त्रहरू सन् २०२० मा ५ प्रतिशतले ऋणात्मक रहेकोमा यो वर्ष ३.४ प्रतिशतले बढ्ने अनुमा छ ।
क्षेत्रीय अर्थतन्त्रहरूमा सन् २०२१-२२ मा प्रतिसतमा
•नेपाली २.५
•भारत ५.४
•बंगलादेश ३.४
•भुटान २.३
•पाकिस्तान २
•अफगानिस्तान ३.३
•मालदिभ्स ११.५ र श्रीलंका २ प्रतिशतले विस्तार हुने अनुमान छ ।

0 Comments