विश्वका प्रमुख सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौँ पहिलो नम्बरमा परेको छ । आईक्यू एअरका अनुसार काठमाडौँको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको थियो ।
प्रदूषणका हिसाबले दोस्रोमा किर्गिस्तानको बिस्केक, तेस्रोमा पाकिस्तानको कराँची, चौँथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोई रहेको आईक्यू एअरले उल्लेख गरेको छ ।
नेपालमा ३०० एक्युआई नाघेपछि जनस्वास्थ्यका हिसावले विपद्काल घोषणा गर्नुपर्छ । यस्तो बेला बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । काठमाडौंमा बिहान मर्निङ वाक तथा जथाभावी फोहर जलाउने कार्य नगर्न सरकारले अपिल गरेको छ ।

0 Comments