काठमाडौं, अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको निधन भएको छ। सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर निधन भएको छ । अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।
चट्टानको खोँचमा रहेको झरनामा हाम नफाल्न सूचना टाँसिएको नियम उलंघन गर्दा यस्तो घटना भएको बताइन्छ । उनको घर नेपालमा मोरङमा रहेको बताइएको छ। उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए।

0 Comments