काठमाडौ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित गरिदिएको छ । हिंसा भड्किने जोखिमका कारण ट्रम्पको अकाउन्ट २०२१ जनवरी ८ मा स्थायी रुपमै निलम्बित गरिएको ट्विटरले जानकारी दिएको छ ।
ट्विटरले भनेको छ, ‘हालै उनले गरेका ट्वीटको सुक्ष्म समीक्षालाई मध्यनजर गर्दै हिंसा भड्किने जोखिमका कारण राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा निलम्बित गरिएको छ ।’
यसअघि पनि ट्विटरले जनवरी ६ मा ट्रम्पको अकाउन्टमाथि १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । क्यापिटल हिल्स भवनमा हिंसा मच्चाउनलाई ‘देशभक्त’ को संज्ञा दिने खालका ट्वीट गरेपछि उनको अकाउन्ट निलम्बित गरिएको हो ।
जनवरी ६ मा राष्ट्रपति ट्रम्पको उक्साहटमा भड्किएको हिंसा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो ।

0 Comments