युरिक एसिड बाट बच्नको लागि सोया मिल्क, जंक फूड ( खान तयार पारिएको खाना चाउचाउ, कुरकुरे, बिस्कुट ..ईत्यादी ) चटपटे जस्ता खाद्य पदार्थ, फ्रीजमा राखिएको खानेकुरा, कोकाकोला, पेप्सी जस्ता पेय पदार्थ, फ्राई तथा तारेको खानाकुरा बाट बचौं ।

यूरिक एसिड हाम्रो शरीरमा भएको प्युरिन नामक प्रोटिन फुटेर बन्छ ।

सामान्यतया हाम्रो शरीरमा यूरिक एसिड ३.५ देखि ७.२ मिलिग्राम प्रति डेसिलिटर मात्रामा हुन्छ । हाम्रो रगतमा यसको मात्रा धेरै भयो भने विभिन्न किसिमका स्वास्थ्य समस्या बाट पीडित हुन्छौं । यो अबस्थालाई हाईपर्यूरिसेमिया (Hyperuricemia) पनि भनिन्छ। यसै कारण मोटोपना र किड्नी रोगको चपेटामा पर्न सक्छौं । मधुमेह, उच्च रक्तचाप र थाईराईड जस्तो बिरामी हुने खतरा पनि यूरिक एसिडका रोगीहरुमा बढ्न सक्छ ।

यूरिक एसिडको बिरामीलाई  दैनिक क्रियाकलाप गर्न पनि सकस हुन्छ । उठ्न-बस्न गार्‍हो, हात खुट्टाको जोर्निमा दुखाई, औंलाहरु चस्किने झन्झनाउने गर्छ । शरीर सुन्निने समस्या पनि हुन सक्छ । 

यूरिक एसिड हाम्रो शरीरको प्युरिन (Purine) नामक प्रोटिन बाट बन्छ । यो शरीरले आफैँ उत्पादन गर्छ भने केही खाद्य पदार्थमा पनि पाईन्छ । त्यसैले डाक्टरहरुले प्यूरिन युक्त खाना नखाने सल्लाह दिन्छन । यसले शरीरमा यूरिक एसिडको मात्रालाई सन्तुलनमा राख्न सहयोग गर्छ ।  

यी हुन अधिक प्युरिन युक्त खानेकुराहरु जुन यूरिक एसिड भएको बिरामीलाई खान दिनहुन्न । 

१. रक्सी (जहर जस्तै) २. रातो-मासु ( खसी-बोका) ३. समुन्द्रीखाना ४. कलेजो ५. गोभि ६. च्याउ ७. तर भएको दूध ८. दालहरु; राजमा, मटर ईत्यदी ९. पालक साग १०. ओट्मिलहरु 

र यूरिक एसिड भएको बिरामीले चिनीको अधिक सेवन बाट पनि बच्नु पर्छ । खासमा चिनीमा प्युरिन (Purine) हुँदैन तर पनि चिनी धेरै खाँदा यूरिक एसिडको बढ्ने गर्छ । एक खोज अनुसार जसको खानामा Fructose को मात्रा धेरै देख्खिएको छ उनिहरुलाई गाउट (Gout) जस्तो बिरामी हुने संभावना अरु भन्दा ६२% धेरै हुन्छ ।