सर्वगुणी,तत्वज्ञानी,प्रेम करुणा निधान !

हर युगमा पुजियकी आमा तिमी महान !!

अनेक कष्ट नमानी झर्को सिंचि अमृतधारा !

फुलायौ,फलायौ बनाई म देखाई संसार सारा !!

 

गयौ कहाँ तिमी आज छोडी मलाई यस लोक !

तारा भै हेर्दै छेउ कि कतै ? नदेख्दा मलाई शोक !!

हाय:!मेरी आमा होला अब कहिले हाम्रो भेट ?

विक्षिप्त बनि चर्किन्छ छाती गर्दै अनेक खेद !!

 

सकिन आमा तिर्नलाई यो जुनी,अमृतको भाडा !

पाइन दिन दागबत्ती पनि म कस्तो अभागा !!

हे ! दैव निष्ठुरी त ! फेरी अर्को जन्म हुन्छ भनि !

दे जन्म मलाई त्यो कोख सधै म मा दया छ भनि !!

 

हेरे संसार बुझाउदै छु चित्त मृत्यु अकाट्य जानी !

दिनु है क्षमा दुखाथें की मन कतै भएर म अज्ञानी !!

साष्टाङ्ग प्रणाम अन्तरमनको श्रद्दान्जली तिमीलाई !

सम्झना लाख,बस्दै पर्खी पल त्यो आशाको दियो जलाई !!