NICE Nepalguj ले कार्यक्रम प्रबन्धक, प्रशासन तथा वित्त अधिकृत, र स्थानीय सहजकर्ता माग्यो !

कर्मचारी आवश्यकता !

(प्रथम पटक प्रकाशित मिति: २०८१ भाद्र २० गते)

नाई नेपालगन्ज, बाँके सामाजिक सद्भाव, क्षमता अभिबृद्धी, युवा बालवालिका तथा असहाय व्यक्तिहरुको शसक्तिकरण, सकारात्मक कार्यहरुको प्रबर्द्धन, सरसफाई, हरियाली प्रबर्द्धन गर्दै समाजको समृद्धिका लागि पहल गर्ने काम गर्दै आएको छ । हाल नाइस नेपालगन्जले अमे रिकी अन्तराष्टिय विकास नियोग (युएसएआईडी) को सहयोग र द एसिया फाउण्डेसनको साझेदारीमा युएसएआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तरगत Together for Social Harmony कार्यक्रम कार्यान्वयनका लागि तपसील बमोजिमको दक्ष जनशक्ति आवश्यक भएकोले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र संस्थाको ईमेल nepalgunjnice@gmail.com मा दरखास्त पेश गर्न यो सूचना आह्वान गरिएको छ ।

माग गरिएको पद

कार्यक्रम प्रबन्धक-

योग्यता तथा अनुभव

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उत्तिर्ण गरेको ।
  • सामाजिक विकास अधिकारको क्षेत्रमा कार्यक्रम संयोजक भई कम्तीमा ३ वर्षको कार्य अनुभव भएको
  • कम्प्युटर सम्बन्धी राम्रो (Msword, Excel, Power point, Email and Internet) सम्बन्धी ज्ञान भएको ।
  • अंग्रेजी तथा नेपाली भाषामा राम्रो दख्खल भई प्रतिवेदन तयार गर्न सक्ने । कर्मचारी परिचालन सम्बन्धी ज्ञान र अनुभव भएको, परियोजनाका सम्पूर्ण क्रियाकलापमा लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण सुनिश्चित गर्नसक्ने ।
  • परियोजना सञ्चालनका लागि बार्षिक योजना निर्माण गरि कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्न सक्ने ।
  • समन्वय तथा व्यवस्थापन सम्बन्धी अनुभव तथा क्षमता भएको स्थानीय तह सम्बन्धी जानकारी भएको ।
  • तथ्यांक र सूचनाहरुको विष्लेषण गरि प्रश्तावना तथा प्रतिवेदन तयार गर्न सक्ने ।
  • सवारी चालक अनुमति पत्र हुनुका साथै मोटरसाईकल वा स्कुटर भएकोलाई प्राथमिकता दिईनेछ ।

 प्रशासन तथा वित्त अधिकृत

योग्यता तथा अनुभव

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा स्नातक वा सो सरह उत्तिर्ण गरेको ।
  • प्रशासन तथा वित्त व्यवस्थापनको क्षेत्रमा परियोजनामा रही कम्तीमा २ वर्षको कार्य अनुभव भएको
  • कम्प्युटर सम्बन्धी राम्रो ज्ञान र सीप भएको, ईमेल र इन्टरनेट चलाउन सक्ने । बजेट तथा योजना निर्माण गर्न सक्ने, नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन तयारी गर्न सक्ने ।
  • एकाउण्टीङ्ग सफ्टवेयर सम्बन्धी ज्ञान भएकोलाई प्राथमिकता दिईनेछ ।
  • सवारी चालक अनुमति पत्र हुनुका साथै मोटरसाईकल वा स्कुटर भएकोलाई प्राथमिकता दिईनेछ ।

 स्थानीय सहजकर्ता -

योग्यता तथा अनुभव

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट १०+२ वा सो सरह उत्तिर्ण गरेको ।
  • सामाजिक विकास, सामाजिक सद्भाव तथा अधिकारको क्षेत्रमा कम्तीमा २ बर्षको कार्य अनुभव भएको ।
  • कम्प्युटर सम्बन्धी राम्रो ज्ञान र सीप भएको, ईमेल र ईन्टरनेट चलाउन सक्ने ।
  • कार्यक्रम सञ्चालन, सहजिकरण, समुह ब्यवस्थापन शिप तथा रिपोटींगको राम्रो ज्ञान भएको ।
  • सवारी चालक अनुमति पत्र भएकालाई ग्रहयता दिईनेछ ।

 

अन्य विवरणहरू

  • आवश्यक कागजातहरू: आवेदन गर्न चाहेको पद सहितको निवेदन, कम्तिमा २ जना सन्दर्भ व्यक्तिहरूको नाम र सम्पर्क फोन नम्बर सहितको बायोडाटा तथा आवश्यक अनुभव पत्रको कागजात सहित आवेदन पेश गर्नुपर्नेछ । रित नपुगी प्राप्त आवेदन छनौट प्रक्रियामा समावेश गरिने छैन ।
  • छनौट प्रक्रिया: छोटो सुचीमा परेका उम्मेवारहरूलाई मात्र अगाडी प्रक्रियाका लागि सम्पर्क गरिनेछ । महिला, दलित, जनजाति, मधे शी, सिमान्तीकृत तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ ।
  • परिक्षाको किसिम : लिखित र अन्तवार्ता |
  • कार्य अवधी: १ वर्ष
  • सेवा तथा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।
  • सुरक्षा नीति: नाइस नेपालगन्जले आफ्नो सुरक्षा नीतिलाई उच्च मूल्याङ्कन गर्न प्रतिवद्ध छ ।

पदपूर्ती समिति